नेपालमा थप कोरोना संक्रमित पुगे एक सय एक

२६ बैशाख,काठमाण्डौ ।
नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ। उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । बिहीबार थपिएका २ जनासहित नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ । यी मध्ये २२ जना निको भएका छन् । तर निको भएका मध्ये ३ जनामा पुन:संक्रमण देखिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।