अपडेट:सिड्नीको रकडेलमा मृत अबस्थामा फेला परिन् नेपाली बिध्यार्थी,खाना-बस्न केहि समस्या छैन

नेपाली टिभी,७ मे,सिड्नी ।
सिड्नीको रकडेलमा बिहिबार मृत फेला परेकी नेपाली बिध्यार्थीले गैर-आवासीय नेपाली संघ संग राहत मागे पनि खानाको अभाबले घटना नघटेको सोही युनिटमा बस्दै आएकाहरुले नेपाली टिभीलाई बताए ।शेयरिङमा बस्नेहरुअनुसार मृतक र अर्का एक बिध्यार्थीले क्लिक 2 सपोर्ट नामक संस्था बाट राहत बुझेको बताए । शेयरिङमा बस्ने मध्ये एक बिध्यार्थीले भने ‘मैले एक पटक क्लिक 2 सपोर्ट बाट राहत लिए,दिदिले पनि एक पटक लिनुभएको याद छ,त्यसपछि कसैसंग लिएको छैन तर खानै नपाएर मर्ने जस्तो अबस्था छैन,खाना-लाउन केहि समस्या छैन,के कति कारणले घटना घट्यो त्यो हामीलाई थाहा छैन’उनले नाम नछाप्ने शर्तमा भने । उनीहरुले यो घटनाको बिषयमा कुनै पनि संस्थाका प्रतिनिधिहरुले सोधपुछ नगरेको समेत बताए । मृतक बिध्यार्थी हुन् । यस घटनामा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।