२१ बैशाख,काठमाण्डौ ।
नेपालमा लकडाउन चलिरहेको छ । कोरोनाभाइरसले आम नागरिकलाई सताइरहेका बेला पूर्व युवराज पारश शाह भने पोखरामा विन्दास देखिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा आईतवार ब्रेकअप भएको पोष्ट गरेका थिए । ब्रेकअपपछि उनी पोखराको लेकसाइडमा ब्रेकअप ह्यांङ मेटाएका छन् । होटलमा मध्यरातमा पार्टी गरेका भिडियोहरु उनी आफैले फेसबुकमार्फत
अपडेट गरिरहेका छन् । विगत २४ घन्टामा पूर्व युवराज पारस शाह फेसबुकमा १२ पटक लाइभ आएका छन् । शुक्रवार राति पोखराको लेकसाइडमा जोस्टेलमा पार्टी भन्दै साहले भिडियो अपलोड गरेका छन् । जहाँ १५,२० जना युवायुवती खानपानमा मस्त देखिन्छन् । विदेशी संगित र मदिरका तालमा उनीहरु मस्त छन् । पारसको आवाज सुनिन्छ, नो कोरोना……
पारस विहानपख फेसबुक लाइभमा देखा पर्छन् । उनले घरको छलबाट बाहिरको दृश्य देखाउँछन् । दारी पालेका, कपाल बाँधेका र घाँटीका रुद्राक्ष लगाएका पारसले संगितको तालमा योगा गर्छन् । चुरोटको धुवा क्यामरामा पर्ने गरी उडाउँछन् । लाइभमा बाहिर हिँडेका मानिसहरुलाई देखाउँछन् । र खै लाकडाउन भन्दै प्रश्न पनि गर्छन् ।केही लाइभमा चर्को विदेशी संगीतको तालमा उनी हल्लिछन् । म्युजिक सिस्टममा ठूलो स्वरमा गीत बजाइएको स्थानमा अन्य युवायुवती पनि रहेका हुन् ।
मस्ती गरेका लाइभ भिडियोहरु भन्दा अगाडि पूर्व युवराज पारस साहले एउटा स्टाटस लेखेका छन् । जहाँ धेरै मानिसले प्रतिक्रिया पनि जनाएका छन् । ब्रेक अप फाइनल्ली, फ्रि एट लास्ट लेखेर उनले स्टाटस लेखेपनि कोसँग भन्ने खुलाएका छैनन् ।उनको र पत्नी हिमानी साहबीच सम्बन्ध राम्रो नभएका समाचारहरु बाहिरिएका छन् । पछिल्लो समय सोनिकासँगको सम्बन्धमा रहेका पारसले उनैसँगको सम्बन्ध विच्छेद गरेका हुन् त? भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठेका छन् ।







