२० बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमित थपिएको छ । आईतबार वीरगंजमा थप एक जनामा कोरोना पुष्टी भएको हो । यो संगै नेपालमा कोरोना संक्रमित संख्या ६० पुगेको हो । वीरगन्ज-३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।
नेपालमा कोरोना संक्रमित मध्ये १६ जना निको भएका छन् । निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ ।






