महोत्तरीमा १० दिनमै ११ जनाको मृत्यु,कोरोना की अरु नै ?

२० बैशाख, महोत्तरी ।
विश्व कोरोनाभाइरसको त्रासमा रहदै गर्दा नेपाल पनि कोरोनाभाइरसको त्रासरहित हुन सकिरहेको छैन । सामान्य खोक्दा पनि डराउन पर्ने स्थित अझै जारी नै छ । देशमा जारी लकडाउनका अबधिमा नागरिकको अबस्था कष्टकर त छदैछ,कहिकतै अन्य कारणले मृत्यु हुदा पनि कोरोना पो हो की भन्ने सोच्को समेत बिकास भएको छ ।महोत्तरीको बिजलपुरा र मेधनाथ गोरहन्नामा १० दिनमा ११ जनाको मृत्यु भएपछि त्रास फैलिएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । कोरोना भाइरसको महामारीको समयमा शनिबार राति २ बजेतिर भंगहा नगरपालिका-६ जमुनियाँका पल्ट साहको मृत्यु भएसँगै रहस्यमय तरिकाले मृत्यु हुनेको संख्या ११ पुगेको हो ।गाउँमा धमाधम मानिसहरुको मृत्यु भएपछि स्थानीयहरु त्रसित भएका छन् भने गाउँ शोकमा डुबेको छ। बैशाख १० गते यता बर्दिबास नगरपालिका -१२ स्थित बिजलपुराको जुरीटोल र अहिमान टोलमा ४ जनाको मृत्यु भएको छ। त्यसैगरी भंगहा नगरपालिका-६ हत्तिसर्वाको जमुनियाँ र वडा नम्बर-७ को मेघनाथ गोरहन्नामा ७ जनाको मृत्यु भइसकेको छ।

कमाएर दैनिक गुजारा गर्दै आएका उनीहरुको के कारणले मृत्यु भयो ? भन्ने प्रष्ट छैन। मृत्यु भएकाहरुमा अचानक पेट दुख्ने, श्वास लिन ग्राहो हुने, बान्ता र झाडापखाला लाग्ने लक्षण देखा परेको छ। कतिको राति ओछ्यानमै सुतेको अवस्थामा मृत्यु भएको छ भने कतिको उपचारकै क्रममा ज्यान गएको हो।लकडाउनका बेला अज्ञात रोगबाट मृत्यु भएको भन्दै गाउँले त्रसित बनेका छन्। स्थानीय केही व्यक्तिले बिषाक्त मदिरा पिएर मृत्यु भएको बताउँछन्। तर, मदिरा नपिएकाहरुको पनि ज्यान गएकोले अरु कुनै रोगको संक्रमण भएको हुन सक्ने उनीहरु बताउँछन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।