२० बैशाख,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन रचेको ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको सामाजिक सञ्जालबाट सार्वजनिक भयो । तर शुक्रबार राति प्रधानमन्त्री ओलीको सो कविता अरुबाट नै कपि गरिएको आरोप पनि सामाजिक सञ्जालमा देखियो । हालै धरौटीमा रिहा भएका भाइरल पूर्व सचिव भीम उपाध्यायले यसलाई
भाइरल बनाए । उनी मात्र हैन, फेसबुक र ट्विटरमा अरु थुप्रैले प्रधानमन्त्रीको कविता अरुबाट कपि गरिएको आसयका स्टायटस र ट्विट पोस्ट गरे । के हो त यसको सत्य यस बारे धेरैमा जिज्ञासा छ ।सामाजिक सञ्जालमा फेसबुकमा भीम उपाध्याय लगायत अरुले पनि यो कविता चोरी भएको बारे लेखेका छन् ।नाम चलेकै व्यक्तिहरुले पनि यसबारे सामाजिक सञ्जालमा लेखे भीम उपाध्यायले यस्तो लेखेका छन् “प्रम ओलीले रचेको भन्दै आज उनको नाममा प्रकाशित प्रस्तुत कबिता गत २०१९ नोभेम्बरमा RP Gautam आगोले रचेको दाबीसहित फेसबुकमा पोष्ट गरेका रहेछन् ।
यदि यो सत्य हो भने प्रम ओलीले बौद्धिक चोरी गरेको Plagarism को कसुर लाग्छ। छानबीन होस् सरकार”! उपाध्यायले प्रम ओली,योगेश भट्टराई र जीबुढाथोकीलाई ट्याग समेत गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको कविता आफूले पहिले नै रचेको दावी गर्ने आर.पी गौतम आगो हुन्। उनले आइतबार राति नौ बजेतिर ६ महिना पहिले आफूले कविता रचेको भन्दै ‘कपिराइट गर्छु’ भनेर रोमन र देवनागरीमा दुई वटा स्टायटस पनि लेखेका थिए । तर ती पोष्ट अहिले देखिएका छैनन् । सायद उनले पर्सनल गरे या ता हटाए ।
आगोले नोभेम्बर ९ तारीख २०१९ मा सो कबिता पोष्ट गरेको दाबी गरेपछि उनको फेसबुक स्टाटस हेर्दा यो समचार तयार गर्दा सम्म सो स्टाटस छैन सो मितिमा अर्कै स्टाटस छ । तर फेसबुकको ईडिट हिस्ट्रि हेर्दा उनले प्रधानमन्त्रीको कबिता सो पोष्ट लुकाउनु भन्दा २ घण्टा अगाडी मात्रै सम्पादन गरी प्रम ओलीको कबिता हालेको आइटी बिशेषज्ञले बताएका छन् । यसरी सत्य तथ्य नबुझी फेसबुक स्कृन सटका आधारमा पोष्ट गर्दा भीम उपाध्याय चुकेको देखिन्छ ।






