१८ बैशाख,काठमाण्डौ ।
कोरोनाभाइरसले सताइरहेका बेला काठमाण्डौमा स्वास्थ्य सामाग्रीमा कालो बजारी गर्दा-गर्दै रंगेहात पक्राउ परेका सुलभ अग्रवाल बिहिबार २५ लाख धरौटी बुझाएर छुटे लगत्तै पुन:पक्राउ परेका हुन् ।काठमाडौं जिल्ला अदालतबाट कालोबजारीसम्बन्धी मुद्धामा अग्रवालले २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटे लगत्तै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।






