३० अप्रिल,सिड्नी । केहि महिना देखि अष्ट्रेलियाको मेल्वर्नमा रहेका क्रिकेटर अनिल अधिकारीले समस्यामा रहेका र अष्ट्रेलियामा फसेकालाई नेपाल फर्कने ब्यबस्था गर्नका लागि ८ घण्टे भोक हड्तालमा बसेका छन् ।भरतपुर क्रिकेट क्लबका अध्यक्ष तथा क्रिकेट संघ बाग्मती प्रदेशका कोषाध्यक्ष समेत रहेका क्रिकेटर अधिकारीले नेपाली राजदुताबासर सम्बन्धित निकायकोध्यानाकर्षणका
लागि बुधबार भोक हड्तालमा बसेको हुन् ।उनी बस्दै आएको निवासमा नै भोकै बसेका हुन् ।अधिकारीले नेपाल फर्कन पाउने आम नेपाली नागरीकको अधिकार रहेको भन्दै सम्बन्धित निकायलाई दबाब दिन समेत आग्रह गरेका छन् । उनले अष्ट्रेलिया स्थित नेपाली राजदुत महेशराज दाहाम संग समेत कुरा गरेको र दुताबासले अपिल जारी गरे पनि सार्बजनिक अपिल चित्त बुझ्दो नरहेको फेसबुकमा लेखेका छन् ।
सार्वजनिक अपिलमा देशमा लकडाउन रहेको र सरकारले ‘ट्राभल ब्याण्ड’गरेकाले नेपाल फर्काउन नसकिने जनाइएको छ । अधिकारीले देशमा कोरोनाले कसैको मृत्यु समेत नभएको सुरक्षित देशको सुचिमा रहदा आफ्ना नागरीक जान नपाउनुमा आपत्ती जनाएका छन् । अप्रिल १ मा अष्ट्रेयाली नागरिक लिएर आएको नेपाल एयरलाईन्सको चार्टड बिमान रित्तै फर्किएको थियो भने दोस्रो पटक नेपाल एयरलाईन्सको चार्टड बिमान २ सय २५ जना अष्ट्रेयाली नागरिक र पिआर होल्डर लिएर यहि मे ६ का दिन सिड्नी आउने भएको छ । सो बिमानमा नेपाल फर्कन पाउ भन्दै अधिकारीले माग गरेका हुन् ।







