१८ बैशाख,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि आफुले राजिनामा दिएर उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।यो प्रस्ताव आएसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।
साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ । यसले कोरोनाको प्रकोप सकिएलगत्तै सरकार परिवर्तन हुने संकेत देखाएको छ । यस अघि बामदेब गौतमले आफुलाई प्रधानमन्त्री बनाउछु भनेर धोका दिएको प्रतिकृया दिदै आएका थिए ।






