प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाबुराम भट्टराईले भने भष्मासुर,रेडियो नेपालले माफी माग्यो !(अडियो सहित)

१५ बैशाख, काठमाण्डौं । सरकारी स्वामित्वको रेडियो नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अन्तरवार्तामा प्रयोग भएको भाषा र शब्दको सन्दर्भमा क्षमा मागेको छ ।सोमबार बिहान ६:३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालले कुराकानी गरेको थियो।उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल द्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।