१५ बैशाख,काठमाण्डौ ।
सरकारले आज सकिने लकडाउन पुन: १० दिन थप्दै बैशाख १० गते सम्म सारेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन बढाउने निर्णय गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदम सकारात्मक भएको भन्दै उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको थियो । नेपालमा अहिले सम्म कोरोनाभाइरसले ५२ जनालाई संक्रमण गरेको छ । भने उपचार गरी १४ जना निको भएर घर फर्किएका छन् ।






