१४ बैशाख,वीरगंज ।
वीरगंजमा लगातार तीन पटकसम्म आरडिटि परिक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । ब्लड क्यान्सर पीडित समेत रहेकी युवतीको स्वास्थ्य समस्या आएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको हो ।
ब्लड क्यान्सरले ग्रसीत वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो । उनी एक महिना अघि वीरगंज फर्किएकी थिईन् । तर शनिबार बिहानबाट स्वास्थ्य समस्या देखिएपछि उनलाई उपचारको लागि नेशनल मेडिकल कलेजमा लगिएको थियो । तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिल लगिएको थियो र त्यहाँ पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए । शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्को पटक पनि रिपोर्ट पोजिटिभ आएको थियो ।
तराई हस्प्टिलमा लगातार कोरोनाको एन्टिबडी रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेका थिए । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
युवतीको शव अहिले नारायणी अस्पतालमै छ । उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको पठाईएको छ ।अन्नपूर्ण पेष्टको सहयोगमा







