१३ बैशाख,चितवन ।
राप्ती नगरपालिका वार्ड नम्बर ८ ब्रम्हनगरका कोरोना संक्रमित दुई आमा-छोरा डिस्चार्ज हुने तयारीमा छन् । पछिल्लो पिसीआर रिपोर्टमा छोराको रिपोर्ट नेगेटिभ आएपछि भरतपुर अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी गरे पनि छोराले आमा संगै जाने बताएपछि छोरालाई पनि आमा संगै डिस्चार्ज गरिने भएको छ ।
आमाको रिपोर्ट भने अझै पनि पोजेटिभ नै रहेकाले आमाको बिषयमा अस्पतालले अहिलेनै निर्णय गर्न सक्ने अबस्थामा छैन । उनको उपचारमा संलग्न चिकित्सकहरुको बैठक बसेर डिस्चार्ज गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने अस्पतालले जनाएको छ ।यसैबीच भरतपुर स्थित कोरोना परीक्षण प्रयोगशालामा शुक्रबार परीक्षण गरिएका २४ वटामध्ये सबै नमुनाको नतिजा नेगेटिभ आएको छ । उनीहरु गत चैत्र ३ गते बेलायतबाट हङ्कङग हुदै नेपाल आएका थिए ।







