फेसबुक बाट घर बोलाउदा प्रहरीको फन्दामा

१२ बैशाख,काठमाण्डौ ।
दाङमा जरायोको सुकुटी खान फेसबुकमार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिका-६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउदखुरीले पक्राउ गरेको हो ।पुनले बिहीबार आफ्नो फेसबुकवालमा लकडाउनको सदुपयोग गरौं, मेरो घरमा जरायोको सुकुटी खान आउनुस स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए। फेसबुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजन वन कार्यालय लमहीका प्रमुख प्रविण बिडारीले जानकारी दिएका छन् ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख बिडारीले बताए। पक्राउ गरिएका व्यक्तिलाई आवश्यक बेलामा उपस्थित हुने सर्तमा वडाध्यक्षको जिम्मा लगाएर छाडिएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।