१२ बैशाख,काठमाण्डौ ।
यसै साता मात्रै राष्ट्रपति बिध्यादेवी भण्डारी द्वारा जारी गरिएको दुई नयाँ अध्यादेश अन्तत:खारेज गर्नुभएको छ ।अध्यादेशका बिषयमा चौतर्फी राजनैति दबाब र नकरात्मक टिप्पणीपछि सरकारको निर्णय अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गर्नुभएको हो । उहाँले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनु भएको हो ।
राष्ट्रपतिले शुक्रबार दिउँसो दुबै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल र सत्ता पक्षकै नेताहरूले भनेकै कारण अध्यादेश फिर्ता लिएको बताउनु भएको छ ।






