कोरोनाले बेलायतमा थप ३ नेपालीको मृत्यु

२४ अप्रिल,लण्डन ।
कोरोनाको चपेटामा रेहको मुलुक मध्येको एक बेलायत हो । बेलायतमा छोटो समयमा धेरैको मृत्यु भएको छ । एक लाख ३८ हजार ७८ संक्रमित पुष्टी भएको देशमा पछिल्लो ताजा अपडेट अनुसार १८ हजार ७ सय ३८ को मृत्यु भएको छ । जसमा नेपाली मृतक संख्या दुई दर्जन पुगीसकेको छ ।यसैबिच पछिल्लो ४८ घण्टाको अबधिमा बेलायतमा ३ नेपालीको कोरोनाको संक्रमणले मृत्यु भएको छ ।पछिल्लो मृतकहरुमा ३२ वर्षीय युबती नाछिरिंग राई सबै भन्दा कम उमेरकी मृतक हुन् । उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणका कारण मृत्यु भएको हो ।खोटाङ जिल्लाको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी राई पछील्लो समय धरान १७ मा बस्दै आएकी थिइन् । गतवर्ष मात्र बेलायत आएकी मृतक राई बेलायतको नानिटनमा आफ्ना आमाबाबा र बहिनीका साथमा बस्दै आएकी थिइन् । पूर्व गोर्खा डाकबहादुर राईकी छोरी मृतक राई अविवाहित नै थिइन् ।

यस्तै कोरोना संक्रमणकै कारण सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिग्देलको पनि मृत्यु भएको छ । मृतक लिंग्देल झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व हेडमास्टर हुन् ।

त्यस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाहीको पनि बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । मृतक शाहीलाई गतवर्ष हृदयघात भएको थियो, उनि ढाडको समस्याबाट समेत पीडित थिए । पुर्ख्यौली घर प्युठान भएपनि पछिल्लो समय पछिल्लो समय भैरहवा बस्दै आएका थिए ।कोरोनाभाइरसकै कारण विश्वभर रहेका नेपालीहरुमध्ये सर्बाधिक धेरैको मृत्यु बेलायतमा भएको छ । बेलायत पछि अमेरिकामा नेपालीहरुको मृत्यु धेरै छ । संक्रमित भने अमेरिकमा करिब एक हजारको हाराहारीमा छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।