११ बैशाख,काठमाण्डौ ।
केहि दिन अघि निकै तरङगित भएको भक्तपुर पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित ५८ र ८१ वर्षीय दुबैजना आज कोरोनामुक्त भएर घर फर्किएका छन् ।
पाटन अस्पतालमा उपचाररत रहेका उनीहरु आजै घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा डिस्चार्ज भएको जानकारी दिएका हुन् ।







