११ बैशाख,काठमाण्डौ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रेफिङमा नेपालमा थप २ जनामा कोरोनाभाइरस संक्रमित पुष्टी गरेको छ । प्रबक्ता बिकास देबकोटाले सो जानकारी गराएका हुन् ।
जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
हिजो मात्रै उदयपुरमा ३ जनामा कोरोना पुष्टी भएको थियो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । भने अहिले सम्म ७ जना निको भएर घर फर्केका छन् ।







