१० बैशाख,काठमाण्डौ ।
र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका काठमाण्डौका दुई स्टाफ नर्सको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका थिए । दुई पटक गरिएको र्यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएपछि ती नर्सलाई टेकु अस्पतालको आईसोलेनमा भर्ना गरिएको थियो ।
बुधबारको पिसिआर रिपोर्टमा नेगेटिभ आएको हो ।उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिमार्फत परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पताल स्रोतले जनाएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्ज समेत गरिएको छ ।







