८ बैशाख, काठमाण्डौ ।
मन्त्रिपरिषदले सिफारिस गरेको दुई अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रमाणित गरी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७७ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल त्यागसम्बन्धी प्रावधान खुकुलो बनाउने गरी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो । अब कुनैपनि राजनीतिक दलको केन्द्रिय कमिटी वा संघीय संसदको संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत सदस्यको समर्थन भए नयाँ दल दर्ता गर्न सकिने भएको छ ।
यसअघि संसदीय दल र केन्द्रिय समिति दुवैमा ४० प्रतिशत सदस्यको समर्थन बिनै दल विभाजन गर्न पाउने प्राबधान थिएन । नयाँ कानुनपछि दुईमध्ये एकमा कम्तिमा ४० प्रतिशत सदस्यको समर्थनमा नयाँ दल बनाए त्यसले मान्यता पाउनेछ । यस किसिमको नयाँ अध्यादेशले नेकपा फुट्ने संकेत गरेको बिशलेण सुरु भएको छ ।







