७ बैशाख,गोरखा ।
सुप्रसिद्द मनकामना मन्दिरका मुख्य पूजारी शनिबार प्वाइन्ट टु टु नामक बन्दुकसहित पक्राउ परेका छन् । पूजारी इन्सान थापालाई लकडाउनका बेला स्थानीय प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालयबाट बन्दुकको इजाजत लिएको भएपनि लकडाउनका बेला रातको समयमा हतियार लिएर हिँडेकाले बन्दुक नियन्त्रणमा लिएर उनलाई तारेखमा रिहा गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दैनिक करिब पाँच हजार भक्तजन आउने मनकामना मन्दिर लकडाउनका कारण अहिले सुनसान बनेको छ ।







