७ बैशाख,गोरखा ।
सुप्रसिद्द मनकामना मन्दिरका मुख्य पूजारी शनिबार प्वाइन्ट टु टु नामक बन्दुकसहित पक्राउ परेका छन् । पूजारी इन्सान थापालाई लकडाउनका बेला स्थानीय प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालयबाट बन्दुकको इजाजत लिएको भएपनि लकडाउनका बेला रातको समयमा हतियार लिएर हिँडेकाले बन्दुक नियन्त्रणमा लिएर उनलाई तारेखमा रिहा गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दैनिक करिब पाँच हजार भक्तजन आउने मनकामना मन्दिर लकडाउनका कारण अहिले सुनसान बनेको छ ।