नेपालमा कोरोना फैल्दैन,८० करोडको राहत बाँडियो: प्रम ओली

७ बैशाख,काठमाण्डौ ।
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले लकडाउन गरेकाले नेपालमा कोरोनाभाइरसको महामारी फैलन नसक्ने दाबि गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोभिड-१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पुर्‍याइएको तथा सङ्क्रमित र सङ्क्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसिआर दुवै परीक्षणलाई तीव्रता दिइएकाले नेपालमा रोगले भयावह रुप लिन नसक्ने दाबी गरेका हुन् । साथै प्रम ओलीले कोरोनाकै कारण नेपालमा कोहि पनि भोकै बस्न नपर्ने जिकिर गरेका छन् ।प्रधानमन्त्री ओलीले पैदल हिडेर घर जादै गरेकालाई पनि जहाँ पुगेका छन् उनीहरुलाई रोकेर खानाको ब्यबस्था गर्नु निर्देशन गरेका छन् । उनले नेपालका बिभिन्न जिल्लामा अहिलेसम्म करिव ८० करोड रुपैंयाको राहत बाँडिएको समेत बताएका छन् । photo : nepal telivision

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।