मोरङका तीन मस्जिदमा १९ भारतीय र १२ नेपाली भेटिए

६ बैशाख,मोरङ ।
कोरोनाभाइरस (कोभिड-१९)को त्रास चलिरहेका बेला नेपालको तराईका मस्जिद कोरोनाको इपिसेन्टर बन्ने संकेत देख्न थालेको छ । केहि दिन अघि बिरगंजको मस्जिदमा २ भारतीयमा कोरोना पुष्टी भएको थियो । शुक्रबार मात्रै उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जना भारतीय नागरिकहरुमा कोरोनाभाइरस पुष्टी भएपछि मस्जिद सिल गरिएको छ ।यसैबिच मोरङका तीन मस्जिदमा १९ भारतीय र १२ नेपाली जना गरी कुल ३१ मुस्लिम धर्म प्रचारक भेटिएका छन् ।जिल्ला प्रहरी कार्यायल मोरङका अनुसार मोरङको सुनबर्सी नगरपालिकामा ९ जना पाकिस्तानी नागरिक, धनपालथान गाउँपालिका ७ को जामे मस्जिदमा १० भारतीय बसिरहेका हुन् । त्यस्तै सिक्टीमा १२ जना नेपाली बसेका छन् । उनीहरू सुनसरी तथा अन्य जिल्लाका हुन् ।मस्जिदमा भेटिएका सबै मुस्लिम धर्म प्रचारका लागि आएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मस्जिदमा बसेकाहरुको प्रहरीको निगरानीमा छन् ।

विराटनगरमा भेटिएका केहीलाई भने क्वारेन्टाइनका लागि मोरङको टाँढीमा लगिएको छ ।धनपालथान गाउँपालिकाले भारतीय नागरिक बसोबास गरिरहेको मस्जिदलाई नै क्वारेन्टाइन बनाइएको गाउँपालिका अध्यक्ष हरिलाल सिंहले बताए । उनका अनुसार गाउँमा बस्ने सबैको र्‍यापीड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।