गोरु काटेको आरोपमा ७ पक्राउ

६ बैशाख,खोटाङ ।खोटाङमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् । बिहीबार साँझ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा स्थानीय ७ जना पक्राउ परेका हुन । प्रक्राउ पर्नेमा स्थानिय ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्की, २४ वर्षीय सुवाश सार्की, २२ वर्षीय रवीन सार्की, २९ वर्षीय अमृत सार्की, ४७ वर्षीया सीता सार्की र ४६ वर्षीय लिलाबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।उनीहरु ७ जनालाई नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताउनुभयो । डिएसपी गौतमका अनुसार गोरु मरेको हो वा मारिएको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । उनीहरुलाई आजै जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बैशाख २ गते पनि गोरु काटिरहेको अवस्थामा साकेला गाउँपालिका ३ खिदिमा सौरेका ५५ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।