५ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरस ?(कोभिड-१९)को संक्रमित संख्यामा ह्वात्तै बढेको छ । शुक्रबार एक दिनमै १४ नयाँ कोरोना संक्रमित पुष्टी भएको हो । शुक्रबार बिहानै देखि कोरोना पोजेटिभको खबर सार्बजनिक भए पनि केहि समय अघि मात्रै फेसबुक मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।उदयपुरको एक मस्जिदमा लुकेर बस्दै आएका ८ भारतीयहरु सहित (यसअघिको समचारमा भारतीय उल्लेख छ)
जम्मा १२ जना जस्मा सबै पुरुष बर्ष ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको राप्तीनगरपालिका वार्ड नम्बर ८ क २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय) मा कोरोना पुष्टि भएको हो । मन्त्रालयले चितवनमा दुबै पुरुष भनिए पनि समचारमा आमा र छोरा जो चैत्र ३ गते बेलायत बाट नेपाल आएको भनिएको छ ।अहिलेसम्म पीसीआरको कुल परीक्षण संख्या ७ हजार ६ सय ८८ पुगेको छ । ¥यापिड डाइगोनेस्टिक टेस्टबाट गरिने परिक्षणको संख्या १६ हजार ५ सय ६५ पुगेको छ ।
कुल परीक्षण २४ हजार २ सय ५३ भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ वटा नयाँ परीक्षण भएको छ । अहिले सम्म क्वारेन्टाइनमा ४ हजार ६ सय ७ जना र आइसोलेसनमा ९० जना रहेको छ।







