५ बैशाख,काठमाण्डौ ।
भारतीय नाका संग नजिक हुनाले नेपालको तराई क्षेत्रमा कोरोनाको त्रास बढी छ । केहि दिन अघि वीरगंजको मस्जिदमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको लगत्तै उदयपुरको एक मस्जिदमा लुकेर बसेका भारतीयमा कोरोना संक्रमण फेला परेको छ ।मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ।
त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। भुल्केस्थित मस्जिदमा लुकेर बसेका भारतीय नागरिकहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । तर यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरिसकेको छैन ।






