५ वैशाख, काठमाडौं ।
चीनको हुबे प्रान्तको वुहान शंहर बाट डिसेम्बर अन्तिम साता देखि फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट यो समचार तयार पार्दा सम्म २१ लाख ८३ हजार ९ सय ६४ संक्रमति भएका छन् । कोरोनाबाट १ लाख ४६ हजार ८ सय ७३ मानिसको मृत्यु हुदै गर्दा ५ लाख ५२ हजार ८ सय २३ भने उपचार गरी निको भएका छन्।यसै बिच विश्वका अधिकांस देशहरुले चीनले बास्तविक तथ्यांक लुकाएको आरोप लागेका बेला चीनले अचानक कोरोनाकै कारण वुहानमा मृत्यु हुने संख्यामा अचानक १ हजार २ सय ९० थपेको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरु गणनामा छुटेका थिए ।वुहानले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै तीन हजार ८६९ पुर्याएको हो । समग्र संक्रमितको संख्यामा पनि उसले ३२५ थप गरेको छ । वुहानमा समग्र संक्रमितको संख्या पनि ५० हजार ३३३ पुगेको छ । नयाँ तथ्यांक अनुसार चीनमा समग्र संक्रमित संख्या ८२ हजार ६ सय ९२ पुगेको छ । जसमा नयाँ संक्रमित संख्या ३ सय ५१ रहेको छ । यस्तै मृतक संख्या १२९० (नयाँ)गरी ४ हजार ६ सय ३२ पुगेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन सकेका थिएनन् । त्यतिबेला अस्पताल तथा मेडिकलहरुमा बिरामीको अत्यधिक चाप थियो । त्यसैले वास्तविक नतिजामा ढिलाइ, छुट्ने र गलत तथ्यांक दिने क्रम बढेको थियो ।एपीको सहयोगमा*







