५ बैशाख,काठमाण्डौ ।
विश्वव्यापीरुपमा फैइलिएको कोरोनाभाइरसकै कारण नेपालमा समेत लकडाउन भएको करिब महिना दिन पुग्न लागेको छ । लामो समय सम्म लकडाउन हुदा जनजीवन प्रभाबित बन्न पुगेको छ । छिमेकी मुलुक भारतमा दिनप्रतिदिन कोरोनाको संक्रमण बढ्दै जानाले नेपालमा समेत थप असर पर्न सक्ने भन्दै सरकारले लकडाउनको म्यान पुन:बैशाख १५ सम्मलाई तोकेको छ ।लकडाउन लम्बिदा जनजीवन थप जटिल बन्दै गर्दा केहि स्थानहरुमा बने लकडाउनलाई छिटफुट रुपमा उल्लङघन हुन थालेपछि नेपाली सेनाले समेत लकडाउनलाई कडाइ गर्न थालेको छ । लकडाउनको पालना नगरी सर्वसाधारण हिँडडुल गर्न थालेपछि भैरहवा क्षेत्रमा बिहिबार देखि नेपाली सेनासहितको सुरक्षा जाँच शुरु गरिएको छ ।
जिल्ला सुरक्षा समिमिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा नेपाली सेनाको सुरक्षा गस्ती बढाइएको छ। उनले भने ‘सेनाको सुरक्षा गस्ती बढाइएको हो । आवश्यकताअनुसार नेपाल प्रहरीसँगको समन्वयमा जाँच पनि हुन्छ ।’सेनाले सरकारले निर्दिष्ट गरेको सवारी साधन दमकल, एम्बुलेन्स तथा सुरक्षा– खाद्यान्न तथा तरकारी– फोहर उठाउने– डेरीका गाडीबाहेक अन्य सवारी साधनलाई कडाइका साथ रोक्न शुरु गरेको छ ।