दार्चुलापारि क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर र्पुयाउन गृह मन्त्रालयको निर्देशन

४ बैशाख काठमाडौं ।
भारतको क्वारेन्टाइनमा शैल्यशिखर गाउँपालिका १ जोगउडाका २५ वर्षीय वासुदेव भट्ट आमाको मृत्यु भएर किरिया वसिरहेका छन । उनी नेपाल आउन नपाए पछि दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरिया बसेका छन् ।गृह मन्त्रालयले भारततर्फको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो । गृहको निर्देशनपछि दार्चुला प्रशासनले यसको पहल गरिसकेको बताएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।