३ बैशाख,काठमाण्डौ ।
कोरोनाभाइरस (कोभिड-१९) पत्ता लगाउन गरिने र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)परीक्षणको क्रममा पहिलो पटक चितवनको रत्ननगर र पोखरामा एक- एक जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालले आरडिटी प्रविधिमार्फत एक ब्यत्तिमा रिपोर्ट पोजेटीभ देखिएको हो ।
अस्पताल श्रोतका अनुसार बिदेशबाट आएको ब्यक्तिहरुको ३९ जनाको आरडिटी प्रविधिमार्फत जाँच गरिएको थियो । अस्पताल प्रशासनले एकजनमो रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षण गर्न भरतपुर ल्याईएको छ । उनको रिपोर्ट आज साझ सम्ममा आईपुग्ने छ । गुञ्जमान सिंह अस्पतालले उक्त युवासँगै अन्य ४ जनाको स्वाब समेत भरतपुर पठाएको छ ।
यस्तै पोखरा महानगरपालिका-१२ ढिकालेथरकी ५५ वर्षीया महिलामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ भेटिएको हो ।
उक्त महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको महानगरका स्वास्थ्य महाशाखा पठाइएको थियो । पोजेजिभ भेटिएकी महिला २७ दिन अघि दुबइ बाट नेपाल आएको समेत खुलेको छ । पोखरा महानगरले कोरोना संक्रमण फैलिन नदिन चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्यापिड टेस्ट सुरु गरेको छ ।







