सनसिटीको कोरोना संक्रमित संग अर्थमन्त्री युवराज खतिवडा जोडिएपछि

२ बैशाख,काठमाण्डौ ।
पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’ को पन्ध्रौ तलामा बस्ने मध्ये एक परिवारका ३ जना कोरोना संक्रमित (१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी) संग अर्थमन्त्री युबराज खतिवडा समेत जोडिएका खबर सार्बजनिक भएका छन्। सोमबार साँझ गरिएको र्यापिड टेष्टमा अपार्टमेन्टमा बस्नेहरुमा पोजिटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो । त्यस लगत्तै अर्थमन्त्री युबराज खतिवडा समेत सो अपार्टमेन्टमा एक चुनाब गराउन गएको भन्दै सोमबार साँझ देखि नै खबर सार्बजनिक भएका थिए । सो अपार्टमेन्टमा नै बस्नेहरुले लकडाउन सुरु हुनु दुई दिन अघि मात्रै सो बिल्डिङको एक अपार्टमेन्टमा चुनाब गराउनका लागि मन्त्री खतिवडा आएको फेसबुकमा सौरभ कार्की लगायतले लेखेका छन् । सो सन्दर्भमा केहिले ट्विट समेत गरेका छन् ।सो अपार्टमेन्टमा दर्जनौ बैकहरु सहित भिआईपीहरु समेत बस्दै आएको बुझिएको छ । सोही अपार्टमेन्टमा अर्थमन्त्री डा.युबराज खतिवडाका छोरा तिलक खतिवडा समेत बस्दै आएका छन्।

केही दिन अघि उक्त अपार्टमेन्टमा भएको वेल फेयर सोसाइटीको चुनावमा तिलक सचिवमा निर्वाचित भएका थिए । छोरा तिलक निर्वाचित भएपछि अर्थमन्त्री खतिवडा समेत बधाई दिन अपार्टमेन्ट पुगेको सोसाइटीका पूर्वअध्यक्ष प्रविन झाले समेत सञ्चारमाध्यमलाई बताएका छन् । उनले अपार्टमेन्टमा अर्थमन्त्री खतिवडासमेत पुगेकाले उनको समेत कोरोना परीक्षण गर्न सुझाब दिएका छन् । झा लगायत अपार्टमेन्टमा बस्नेहरु बाट खतिवडाको समेत कोरोना परिक्षणको माग आए पछि उनका प्रेस सहयोगी यमनप्रसाद पौडेलले भने मन्त्री खतिवडा उक्त अपार्टमेन्टमा जाँदै नगएको जिकिर गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।