अपडेट:सनसिटी अपार्टमेन्टका २ जनाको कोरोना पुष्टी,१ जनाको रिपोर्ट आउन बाँकी

२ वैशाख, काठमाडौं ।
पेप्सीकोलाको सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’मा बस्दै आएका ३ जनामा सोमबार साँझ र्‍यापिड टेष्टमा कोरोना पुष्टी भएपछि पाटन अस्पताल भर्ना भएका मध्ये ३ नै जनाको थ्रोट स्वाव टेष्ट गरिएको छ । टेष्टमा ३ जना मध्ये २ जनाको कोरोना पुष्टी भएको छ । भने,एक जनाको रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । सो अपार्टमेन्टमा ४ सय भन्दा परिवार बस्दै आएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।