२ बैशाख,काठमाण्डौ ।
पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा गरिएको कोरोनाभाइरस (कोभिड-१९)को र्यापिड टेस्टमा पोजेटिभ भेटिएपछि अहिले काठमाण्डौ आसपास र बिशेषगरी सनसिटि अपार्टमेन्टमा बस्नेहरु त्रसित बनेका छन् ।सो अपार्टमेन्टमा करिब ४ सय परिवार बस्दै आएका छन् । त्यसमध्ये बिल्डिङ ए मा बस्ने तीन जनामा कोरोना पोजेटिभ देखीएको हो । उनीहरु आमा,छोरा र बुहारी छन् । जो चैत्र ५ गते बेलायतको लण्डन बाट फर्किएका थिए ।र्यापिड टेस्ट गर्दा शंका लागेपछि उनीहरुलाई सोमबार साँझ नै पाटक अस्पताल भर्ना गरिएको छ । भने सो अपार्टमेन्ट प्रहरीले सिल गरेको छ । सो अपार्टमेन्टमा बस्ने रेसिडेन्ट्सलाई प्रबेश दिईएको भए पनि भित्र बाट बाहिर निस्कन दिईएको छैन ।यता ३ जना अस्पताल भर्ना भएपछि सनसिटीका झन्डै ४०० परिवार त्रासमा बस्न बाध्य छन् । जसमध्ये एक दर्जन बढी बैंकरहरु उक्त अपार्टमेन्टमा बस्छन् र बैंकरहरु अत्यावश्यक सेवा भन्दै बैंकसमेत जाने गरेको स्थानीय सौरभ कार्कीले बताए । कार्कीका अनुसार सनसिटी अपार्टमेन्ट नजिकै नबिल, ग्लोबल र सनराइज बैकका एटिम मेसिन छन् । त्यहाँ निकै मानिसहरुको आवतजावत हुन्छ ।