वैशाख १,काठमाडौँ ।
भक्त्तपुरको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको कान्तिपुर अनलाईनले समचार ब्रेक गरेको छ । कान्तिपुर अनलाईनका अनुसार प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।
उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पताल स्थित स्रोतले पनि पुष्टि गरेको छ । स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो । अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्नाएको छ।
समचार स्रोत:कान्तिपुर अनलाईन






