१ बैशाख,सप्तरी ।
कोरोनाभाईरसकै कारण लामो समय देखि लकडाउन हुदा देशैभरको जनजीवन प्रभावित बनेको छ । यसैबिच लकडाउन गराउन हिडेका नेपाल प्रहरी र सप्तरी खडक नगरपालिकामा प्रहरी र बासिन्दाबीच झपड भएको छ । खडक नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन हिडेका इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएका प्रहरी र बासिन्दाबीच झडप भएको हो ।
प्रहरीले बासिन्दालाई सडकमा ननिस्कन आग्रह गर्दा स्थानीय केही युवा बीच विवाद भएको थियो । युवासँगको विवादपछि प्रहरी र बासिन्दाबीच झडप भएको हो । युवासँगको विवादपछि प्रहरीले बासिन्दामाथि लाठी चार्ज गरेको थियो । लाठी चार्जबाट जोगिन भाग्ने क्रममा एक महिलाको मृत्यु भएको छ । भागदौडमा स्थानीय ६५ वर्षीया जैनव खातुनको मृत्यु भएको छ । खातुनका आफन्तले भने उनका प्रहरीले कुटपिट गर्दा मृत्यु भएको आरोप लगाएका छन् । File Photo







