लकडाउन तत्काल खुल्दैन : प्रधानमन्त्री ओली

२९ चैत्र,काठमाण्डौ ।
नेपालमा बैशाख ३ गते सम्म लकडाउन भनिए पनि त्यसपछि पनि बढ्ने सम्भावना बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्नका लागि लकडाउन अनिवार्य रहेको भन्दै छिट्टै अन्त्य नहुने जनाएका छन् ।महामारी विरुद्ध लड्न सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै प्रधानमन्त्रीले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको बताएका हुन् । उनले भने, ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौं ।’सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने जिकिर गरेका हुन् । सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह समेत गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।