कोरोना भाइरस १५ लाख संक्रमित,८८ हजारको मृत्यु

२७ चैत्र, काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित संख्या १५ लाख १३ हजार ९ सय ३५ पुगेको छ ।भने,यो समचार तयार पार्दा ८८ हजार ४ सय ३३ पुगेको छ ।
संसारभर १५ लाख १३ हजार ९ सय ३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि घर फर्किएका छन् । संसारभर ४७ हजार ९ सय ७५ जनाको अवस्था गम्भीर छ ।आज पनि अमेरिकामा एक हजार भन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा १४ हजार ७ सय ५१ जनाले ज्यान गुमाएका छन् । यस्तै स्पेनमा १ लाख ४८ हजार २ सय २० संक्रमित पुगेका छन् । ६ हजार २ सय ७८ नयाँ केस रहेको स्पेनमा अहिले सम्म १४ हजार ७ सय ९२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो ताजा रेकर्ड अनुसार ७ सय ४७ नयाँ मृतक संख्या हो । स्पेनमा ४८ हजार २१ निको भएका छन् ।यसैगरी इटलीमा १ लाख ३९ हजार ४ सय २२ संक्रमित छन् । जसमध्ये १७ हजार ६ सय ६९ जनाको मृत्यु भईसकको छ । मृतकका हिसाबले इटली पहिलो स्थानमा छ । यसमध्ये ५ सय ४२ नयाँ मृतक संख्या हुन् । इटलीमा अहिले सम्म २६ हजार ४ सय ९१ जना कोरोना बाट निको भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।