युकेका प्रधानमन्त्री बोरिस जोन्सनको आईसियुमा उपचार हुदै

चैत २६,काठमाण्डौ ।
कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणमा परेका युकेका प्रधानमन्त्री बोरिस जोन्सनको दोस्रो रात पनि आईसियुमा (सघन कक्ष) राखेर उपचार गरिदैछ । जोन्सनले केहि दिन अघि आफैले भिडियो सार्बजनिक गर्दै कोरोना पोजिटिभ रहेको बताएका थिए ।केहि दिन देखि कोरेनाले आक्रमण गरे देखि अस्पताल भर्ना भएका प्रधानमन्त्री जोन्सनको अहिले स्वास्थ्य अवस्था स्थिर रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उहाँ गएको आइतबार लन्डनमा रहेको सेन्ट टमस अस्पतालमा भर्ना हुनु भएको थियो । अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ । समाचार अनुसार प्रधानमन्त्री जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन । मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अवस्था स्थिर रहेको र उहाँ निकै उत्साहित रहेको बताउनु भएको थियो ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा मंगलबार ब्रिफिङ गर्दै प्रधानमन्त्रीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको र सघन उपचार कक्षमा राखिए पनि श्वासप्रश्वासमा ठूलो समस्या नरहेको बताउनु भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।