विदेशमा रहेका नेपालीलाई देश फर्काउने व्यबस्था गर्न सर्वोच्चको आदेश

२६ चैत्र,काठमाडौं ।
कोरनाभाईरस (कोभिड-१९)कै कारण युरोप,अमेरिका क्षेत्र र ओसेनिया मुलुकहरु पछिल्लो समय सर्बाधिक संकटमा परेको बेला नेपालमा भने कोरोनाको खासै असर परेको छैन । सरकारले समयमा नै लकडाउन गरी भाईरस फैलन बाट रोकेको थियो ।कोरोनाकै कारण नेपाल बाहिर बिभिन्न देशमा रहेका नेपाली नागरिकहरु भने आर्थिक संकट देखी भिषा र ट्राभलको समस्यामा रहेका छन् । गल्फ देखी युरोप,अमेरिका र अष्ट्रेलिया सहित ओसेनिया क्षेत्रना नेपालीहरु समस्यामा रहेका बेला सर्वोच्च अदालतले आफ्ना नागरिकलाई स्वदेश फर्काउन ब्यबस्था मिलाउन सरकारलाई आदेश जारी गरेको छ ।‘नेपाल आउन इच्छुक नागरिकलाई कूटनीतिक माध्यमबाट समन्वय गरी ल्याउने व्यवस्था गर्नू’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘कार्य तत्काल सम्भव नभए निजहरुलाई तत्स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रबन्ध गरी नागरिकहरुको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नू’ आदेशमा उल्लेख छ ।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज गरेको आदेशमा सीमाका नागरिकलाई फर्काउन सम्भव नभए गाँसबास र उपचारको व्यवस्था गर्न र नेपाल आउन इच्छुक नेपालीलाई पनि ल्याएर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन भनिएको छ ।यस्तै आदेशमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनमा रहेकाहरूलाई स्वास्थ्योपचार लगायत व्यवस्था गर्न आदेशमा भनिएको छ ।अधिवक्ता माधवकुमार बस्नेत, मीना खड्का, मनीषकुमार श्रेष्ठलगायतले सीमानाकामा रहेका नेपाली र विदेशमा भएर नेपाल आउन चाहने नेपालीलाई आउन दिन आदेशमा माग गर्दै रिट दायर गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।