कोरोनाको राहत बुझेपछि घरमा आगलागी, आगो निभाउँदा भेटियो २५ लाख !

२३ चैत्र,बिर्तामोड ।
झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र झारपातले बारेर बनाइएको घर जलेपछि राईको कन्तविजोग हुने नै भयो । बजारमा फालिएका प्लाष्टिकका वोतल टिपेर गुजारा चलाउँदै आएका राईले अघिल्लो दिनमात्रै नगरपालिकामार्फत राहत लिएका थिए । घर जलेपछि उनी झन् पीडित भए ।तर, आगो निभाउने क्रममा राईको अर्काे रहस्य यसरी बाहिर आयो, जो पत्याउनै मुस्किल पर्ने खालको थियो । आगो निभाउन खटिएका कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीले राईको घरमा गाडिएको एउटा ठूलो टीनको बाकस भेटे । बाकस खोलेर हेर्दा हजार र पाँचसय दरका बिटै बिटा । ‘सुरुमा त गाड धन हो कि जस्तो लागेको थियो’, अध्यक्ष ओली भन्छन्, ‘तर होइन रहेछ, राई आफैँले त्यो पैसा राखेका रहेछन् ।’

आगो निभाउन खटिएका रेडक्रसका पदाधिकारी र प्रहरीले बाकसमा भएको पैसा गने । त्यहाँ नजलेको मात्रै हजार र पाँचसय दरको सग्लो नौ लाख रुपैँया भेटियो । जलेको तर बैङ्कमा साट्न मिल्ने थप छ लाख रुपैँयाँ थियो । बाँकी जलेको पैसा समेत जोड्दा झण्डै २५ लाख हाराहारी भयो ।राईले आफूसँग बाकसमा २४ लाख ५० हजार भन्दावढी रकम, डेढ तोला सुन र १८ तोला चाँदी रहेको सुनाए । फेला परेको उक्त पैसा इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरी उक्त रकमको स्रोतवारे अनुसन्धान गरिरहेको छ । कनकाई–४ का अध्यक्ष गोविन्द पौड्याल यो घटनापछि फेसबुकमा लेख्छन्, ‘अब कसको विश्वास गर्ने ? राहत लिनेकै घरमा २५ लाखको बिटो फेला परेपछि ।लक डाउनले बजार बन्द भएपछि उनको कमाई बन्द भएको भन्दै नगरपालिकाले प्राथमिकतामा राखेर राईलाई पाँच किलो चामल, दाल, तेल, नुन र सावुन दिएको थियो । File Photo*
बिबेचनाबाट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।