एजेन्सी
कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । गत २४ घण्टामा कोरोनाले अमेरिकामा १ हजार ३ सय २१ को मृत्यु भएको हो । यो संख्या सहित मृतक संख्या ७ हजार ४ सय बढी पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको हो ।यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार ४ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । यसै बिच अमेरिकाका राषट्रपति डोनाल्ड ट्रम्पले आफुले मास्क नलगाउने भनी सार्बजनिक रुपमा अभिब्यक्ति दिएका छन् ।