अष्ट्रेलियाका बिध्यार्थीलाई राहत: एक बर्ष पहिले आएका बिध्यार्थीले सुपर प्रयोग गर्न पाउने

४ अप्रिल,सिड्नी ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय बिध्यार्थीहरुका लागि दिएका अभिब्यक्ति यतिबेला चौतर्फी बहसको बिषय बनेको छ । उनले कोरोनाको कारण आर्थिक संकटमा परेर टिक्न असहज छ भने आफ्नै देश फर्क भनेका थिए । मोरिसनको दिएको अभिब्यक्तिमा अहिले अन्तर्राष्ट्रिय बिध्यार्थीहरुले चर्को बिरोध गरिरहेका छन् । सामाजिक संजालमा बिध्यार्थीहरुले मोरिसनको अभिब्यक्तिको खण्डन गर्दै आफुहरुले युनिभर्सिटिलाई भुक्तानी गरेको सबै रकम माग गर्दै आफ्नो देश फर्कन तयार रहेको जस्ता प्रतिकृया दिएका छन् । मोरिसन सरकारले आगामी ६ महिना सम्म टिक्न नसकिने अबस्था भएका बिध्यार्थी,भिजिटर र अस्थायी भिषा बाहक सबैका लागि देश फर्कन भनेको हो । भिजिटर भिषाका लागि भने फर्कनै पर्ने बताएको भए पनि अन्य भिषा बाहकलाई भने सुझाब मात्र दिएका हुन् फर्कनै पर्छ भन्ने उनको तर्क होईन । प्रधानमन्त्री मोरिसनको यस किसिमको अभिब्यक्तिकै केहि घण्टामा नयाँ सम्बोधन आएको छ । अब १ बर्ष भन्दा बढी अष्ट्रेलियामा बसेर पढेका अन्तर्राष्ट्रिय बिध्यार्थीहरुले पनि  संचय कोष (सुपर एनुयसन) प्रयोग गर्न सकिने बताईएको छ । यो सम्बोधन संगै मोरिसन सरकार संग निरासा बनेका बिध्यार्थीहरुमा भने केहि मुस्कान ल्याउने देखिन्छ ।यो पनि पढ्नुहोस्: आर्थिक संकट भएकलाई देश फर्कन अष्ट्रेलियन प्रधानमन्त्रीको आग्रह: अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले कोरोनाभाईरस (कोभिड-१९) का सन्दर्भका क्रमा दिएको एक अभिब्यक्ती बिध्यार्थी र भिजिटर या अस्थायी भिषा बाहकलाई केन्द्रित गरेको छ ।अभिब्यक्तीका क्रममा प्रधानमन्त्री मोरिसनले अहिलेको बिसम परिस्थितिमा आर्थिक संकटमा परेका र आर्थिक हिसाबले बस्न असहज हुनेहरु आफ्ने देश फर्कनुको बिकल्प नरहेको बताएका हुन् ।

प्रधानमन्त्रीको अभिब्यक्तीले अदृष्य रुपमा अष्ट्रेलियन सरकारले ईन्टरनेश्नल स्टुडेन्टका लागि केहि सहयोग गर्न नसकिने सहज बुझ्न सकिन्छ । यद्दपी मोरिसनको तर्क भने फरक छ । उनको तर्क पढ्न आउने र आएकै पहिलो बर्ष गाह्रो भो भन्नु तर्क सम्मत छैन,यस बिषयलाई अध्यागम बिभागले नजिक बाट अध्ययन गर्ने समेत मोरिसनको तर्क छ । मोरिसनले दिएको तर्कमा हरेक बिध्यार्थीले पहिलो बर्ष पढ्न सक्छु भनेर जिकिर गर्दै डकुमेन्ट पेश गरेका हुन्छन् तर अहिले कठिन भएको कुरा सुनिन्छ,अब बिध्यार्थीले पढ्न सक्ने सक्षमता प्रमाणित गर्ने बेला आएको प्रस्ट संग बुझिएको छ ।
प्रधानमन्त्री मोरिसनले बिध्यार्थी भिषा बाहेक अन्य भिजिटर र अस्थायी भिषा बाहकलाई समेत आर्थिक संकट भएको भए अष्ट्रेलिया बस्नै पर्ने बाध्यता नरहेकाले देश फर्कन सकिने बाटो रहेको उल्लेख गरेका छन् ।खासगरी विद्यार्थीलाई लक्षित गर्दै प्रधानमन्त्री मोरिसले उक्त अभिव्यक्ति दिएका छन्। विद्यार्थी भिषा आवेदन दिने क्रममा नै हरेक विद्यार्थीले पढाइको पहिलो वर्षभर पढ्न आर्थिक रूपमा सक्षम छु भनेर जिकीर गर्ने गरेको उल्लेख गर्दै उनले विद्यार्थीले सक्षमता प्रमाणित गर्नुपर्ने बेला आएको बताए । प्रधानमन्त्रीको यस अभिब्यक्तीका बिषयमा जिज्ञासा राख्दा सोलिसिटर खिलेन्द्र तिम्सिनाले भने प्रधानमन्त्रीको अभिब्यक्ती समय सापेक्ष रहेका बताउदै काम गुमाएर या बिबिध कारण आर्थिक संकट हुनेहरु अहिलेको अबस्था देश फर्कनुको बिकल्प नरहेको बताए । उनका अनुसार प्रधानमन्त्रीको यस किसिमको अभिब्यक्तीले नेपाली बिध्यार्थी र केहि अस्थायी भिषा बाहकलाई समेत असर गर्ने बताए । first photo : deppro.com.au

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।