२१ चैत्र,काठमाण्डौ ।
नेपालमा बिहिबार कोरोनाभाईरसको छैठौ संक्रमित पुष्टी भए लगत्तै शुक्रबार कास्की जिल्ला थप एक जनामा कोरोना पुष्टी भएको छ । उनी भारत बाट केहि दिन अघि मात्रै नेपाल आएको बुझिएको छ ।कोरोना संक्रमितको पुष्टी शुक्रबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले गरेका हुन् ।
उनको परिक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।






