कोरोना कहर २४ घण्टामा : फ्रान्समा १३५५,अमेरिकामा ९६५ र स्पेनमा ९६५ को मृत्यु

एजेन्सी ।
विश्वब्यापी रुपमा फैईलिएको कोरोनाभाईरस (कोभिड-१९) को संक्रमणले बितेको २४ घण्टामा सर्बाधिक ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको छ । अन्तिम २४ घण्टामा फ्रान्समा १ हजार ३ सय ५५ ले ज्यान गुमाएका छन् । यो संगै फ्रान्समा मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ ।यस्तै अमेरिकामा कोरोना भाईरसकै कारण बितेको २४ घण्टामा ९ सय ६८ को मृत्यु भएको छ । यो संगै मृतकको संख्या ६ हजार ७० पुगेको छ । भने, संक्रमितमध्ये ५ हजार ४ सय २१ को अवस्था गम्भीर छ भने हालसम्म अमेरिकामा १० हजार ४ सय ३ जना संक्रमित निकोसमेत भइसकेका छन् ।यो समचार तयार गर्दा सम्म अमेरिकामा संक्रमितको संख्या २ लाख ४४ हजार पुगेको छ । चीन बाट सुरु भएको कोरोनाभाइरसको संक्रमण सबै भन्दा धेरै अमेरिकामा परेको हो । यो संगै विश्वभर १० लाखको हाराहारीमा पुगेको छ ।यसैगरी स्पेनमा गत २४ घन्टामा मृत्यु हुनेको संख्या ९ सय ६५ रहेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार स्पेनमा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म यहाँ १ लाख १२ हजार ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ हजार ९२ जनाको अवस्था गम्भीर छ । भने,२६ हजार ७ सय ४३ जना निको भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।