२० चैत्र,काठमाण्डौ ।
नेपालमा बिहिबार (आज) थप एक जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । नयाँ केस संगै संक्रमित संख्या ६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै केस पुष्टी गरेको हो ।नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट कतार एयरवेज बाट नेपाल आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की युवतीमा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार यी युवतीसमेत बागलुङकै हुन् । यसअघि यही विमानमा आएका दुईजनामा कोरोना पुष्टि भएको थियो । केहि दिन अघि बाग्लुङकै एक युबतीमा कोरोना पुष्टी भएको थियो ।नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ सहित एक सय पाँचजना आइसोलेसनमा छन्।
बिहीबार मात्र ३९ जनाको कोरोना परीक्षण गरिएको जनाईएको छ । यस्तै प्रदेशहरुमा समेत कोरोनाभाईरसको परिक्षण गरिने तयारी गरिएको छ । सरकारले बुधबासम्म १ हजार १ सय ४५ जनाको मात्रै कोरोना परीक्षण गरेको छ । जसमा ५ जनामा कोरोना पुष्टि भएको थियो । उपत्यका बाहिर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण भएको छ ।








