कोरोनाले वुहानमा मात्रै ४२ हजारको मृत्यु,चीनले लुकायो रिपोर्ट

२ अप्रिल,सिड्नी ।
विश्वभरी महामारिका रुपमा फैईलिएको कोरोनाभारइरस (कोभिड१९) का कारण चीनको वुहान शहरमा मात्रै ४२ हजार जना भन्द बढीको मृत्यु भएको तथ्य खुलेको छ । तर चीनले आधिकारिक रुपमा ३ हजार ३ सयको मृत्यु भएको रिपोर्ट सार्बजनिक गरेको छ ।डेलीमेलको रिपोर्ट अनुसार हुबेइ प्रान्तका अधिकारीहरुसँग जोडिएको एक सूत्रले भनेको छ कि कैयौं नागरिक आफ्नो घरमा जाँच बिना नै मरेका थिए । उनले एक महिनाभित्र नै २८ हजार शव जलाइएको बताउँदै अनुमानित आँकडा बढाइचढाइ नगरिएको बताएका छन् ।केहि दिन अघि एक महिलाले चीन भर करिब १ लाख जनता कोरोनाले मरेको ट्विट गरेकी थिईन् । उनले वुहान शहरको अपार्टमेन्टमा राती बत्ती नबलेको र डिसेम्बर सम्म रेहका मोबाईल प्रयोगकर्ता मध्ये एक लाख भन्दा माथिको मोबाल बन्द रहेको रिपोर्ट पेश गर्दै सो कुरा दाबी गरेकी थिईन् । वुहानका स्थानीयले मृतकको संख्याको विषयमा गरेको दावी चीनका आधिकारीहरुले बताएको तथ्यांकभन्दा झण्डै १० गुणा बढी हो ।

कोरोनाभाइरसको संक्रमणको सुरुवात वुहान शहरबाटै भएको हो । वुहानका स्थानीयका अनुसार फरक फरक फ्युनरल होमबाट परिवारलाई दैनिक ५ सय अस्थी कलश दिइएको बताएका छन् । यस्ता ७ फ्नुनरल होम छन् । अर्थात दैनिक ३ हजार ५ सय अस्थी कलश दिइएका छन् । हंकोउ, वुचांग र हान्यांगमा बस्ने मृतकका परिवारलाई भनिएको छ कि उनीहरुलाई अस्थी कलश ५ अप्रिलसम्म दिइनेछन् । डेलीमेलले यसको अर्थ १२ दिनमा ४२ हजार अस्थी कलश बाँडिने दावी गरेको छ ।

स्थानीय मिडिया रिपोर्टअनुसार हंकोउको फ्युनरल होममा केवल २ दिनमा ५ हजार अस्थी कलशको डेलिभरी गरिएको थियो । यस्ता रिपोर्ट त्यो बेला आएका थिए जतिबेला हुबेइ प्रान्तमा लागू गरिएको लकडाउनमा छुट दिन सुरु गरिएको छ । स्कुल र मल खुलेको रिपोर्ट पनि आएका छन् । रेडियो फ्री एसियाको रिपोर्ट अनुसार वुहानका एक व्यक्ति झंगले शवदाहगृहमा काम गर्नेहरु २४ घण्टा काम गरिरहेकोले यति कम मानिस मरेका हुन नसक्ने बताएका छन् ।

माउ थर भएका एक अन्य स्थानीय निवासीले भने ‘हुन सक्छ अधिकारहिरुले विस्तारै वास्तविक आँकडा जारी गरिरहेका छन् ताकि मानिसहरु विस्तारै वास्तविकतालाई स्वीकार गरुन् । यसअघि न्यूयोर्क पोस्टले पनि स्थानीय मिडियाको हवाला दिँदै वुहानको एक शवदाह गृहमा २ दिनभित्र ५ हजार अस्थी कलश डेलिभरी गरिएको बताएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।