बिबादित औषधी र उपकरण खरिद सम्झौता रद्द,५ करोड धरौटी समेत जफत

१९ चैत्र,काठमाण्डौ ।
कोरोनाभाइरस (कोभिड१९) का लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हालै चीन बाट खरिद गरेको औषधी तथा मेडिकल उपकरण सम्झौता रद्द गरेको छ । मन्त्रालयले ओम्नी समुह संग सम्झौता गरेको थियो ।चीनबाट पहिलो चरणमा ल्याइएका स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला ओम्नीसग गरिएको खरिद सम्झौता रद्द गरि ५ करोड धरौटी समेत जफत गरिएको मन्त्रालयका महा निर्देशक महेन्द्र श्रेष्ठले बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराएका हुन् । निर्देशक श्रेष्ठले ओम्नी समूहले सरकारले भने अनुसारका स्वास्थ्य सामग्री ल्याउन नसकेकाले सम्झौता रद्द गरिएको बताए। ‘पहिलो चरणमा सरकारले भनेअनुसार सामान ल्याउन सकेन र दोस्रो चरणको सामान कहिले ल्याउने भन्ने स्पष्ट पार्न नसकेकाले सम्झौता रद्द गरिएको हो,’ उनले भने। उनका अनुसार ओम्नीको पाँच करोड रुपैयाँ धरौटी जफत समेत गरिएको छ। ओम्नी समूहलाई कालोसूचीमा राख्न पनि सिफारिस गरिएको श्रेष्ठले बताए । उनले बिहीबारदेखि अर्को सम्झौताका लागि प्रक्रिया थालिने बताए। ‘तीन दिनको बोलपत्र आह्वान गरेर पाँच दिनभित्र औषधिजन्य सामग्री ल्याउने हाम्रो तयारी छ,’ उनले भने।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।