एजेन्सी
इटालीमा कोरोनाभाइरसको संक्रमणबाट ६१ जना भन्दा बढी डाक्टरहरुको मृत्यु भएको इटालीको डाक्टरहरुको संगठनले जनाएको छ । इटालीको नेशनल इन्सिटिच्युटका अनुसार ८ हजार ३५८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमित भएका बताएको छ ।मृत्यु भएका ६१ डाक्टरमध्ये ४० जना लोम्बार्डी क्षेत्रका रहेका छन् । यो क्षेत्रमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण फैलिएको छ । इटालीमा ९७ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । भने ९ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।
यस्तै पोर्चुगलमा समेत चिकित्सक र स्वास्थ्यकर्मीहरुको अबस्था नाजुक बन्दै गएको छ । पोर्चुगलमा ७ डाक्टर र एक जना नर्स आफै कोरोना संग अन्तिम लडाई गर्दै गरेको खबर सार्बजनिक भएको छ ।हालसम्म उपचारमा खटिएका ८३५ जना स्वास्थकर्मीहरु संक्रमित भएका छन् । जीवनको अन्तिम लडाईमा भएकी नर्सको करी काब्राल अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ ।त्यस्तै जीवनको जोखिम भएका ५ जना डाक्टरहरुको साउ जोवाउ अस्पतालमा, एक जनाको सन्तो आन्तोनियो अस्पताल र अन्य एकको पोर्तो अस्पतालमा उपचार भईरहेको छ । करी काब्राल अस्पतालमा डाक्टर दम्पती नै इन्टेन्सिभ केयरमा छन्।यस्तै स्पेनमा समेत चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुको अबस्था नाजुक रहेको छ ।