१६ चैत्र,काठमाडौं ।
कोरोनाभाईरस (कोभिड-१९)को आंशकामा भर्ना भएका तीन जनाको सोमबार काठमाण्डौमा मृत्यु भएको छ । मृत्यु हुने मध्ये ३६ बर्षीय एक पुरुषको पाटन अस्पताल र वीर अस्पतालमा एक भारतीय पुरुष र एक नेपाली महिलाको मृत्यु भएको हो ।सरकारले मृतकहरुको कोरोनाको परिक्षणका लागि नमुना पठाएको कारण अहिले नै कारण भन्न नमिलन्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउसो ४ बजे प्रेस ब्रिफिङको आयोजना गरी सो बताएको हो । अहिले सम्म नेपालमा ५ जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।