बुटवलमा कोरोनाको आंशाकामा भर्ना भएका युबाको मृत्यु

१६ चैत काठमाण ।
गत चैत्र ६ गते दुबई बाट नेपाल आएका ३३ बर्षीय एक युबाको कोरोनाको भाईरस उपचार अस्पताल रुपन्देहीमा मृत्यु भएको छ । उनको आज मात्रै कोरोना परिक्षणका लागि नमुना आजै काठमाण्डौ ल्याईएको थियो ।

उनमा कोरोना भाईरसको संक्रमण छ कि छैन भन्ने बिषय रिपोर्ट नआउदा सम्म यकिन गर्न सकिने ठाँउ छैन । उनी दुबई बाट काठमाण्डौ हुदै काठमाण्डौ बाट चैत्र ७ गते रुपन्देहीको सैनामैना गएका थिए ।

उनले ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका थिए । मेडिकलले उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।